आँखाको पछिल्लो भागलाई रेटिना भनिन्छ । रेटिना पातालो झिल्ली जस्तै हुन्छ । त्यसैले यसलाई दृष्टि पर्दा पनि भन्ने गरिन्छ । रेटिनामा भएका रगतका नसाहरुमा मधुमेहको धेरै प्रभाव पर्छ । मधुमेहले रेटिनामा गर्ने असरलाई डायबेटिक रेटिनोप्याथी भनिन्छ । मधुमेहले असर गर्न थाले पछि शुरुमा रेटिना सुन्निन्छ, रक्तश्राव हुन्छ र यो खुम्चिन थाल्छ । विश्व स्वास्थय संगठनका अनुसार हाल संसारमा विद्यमान दृष्टि विहिनमध्ये करिव ४.८ प्रतिशत अन्धोपनको कारण डायबेटिक रेटिनोप्याथी भएको छ । मधुमेहका विरामीमा सामान्य व्यक्तिको तुलनामा आँखाको समस्या दुई गुणा बढी हुन्छ र २५ औं गुणा बढी दृष्टिविहिन हुने सम्भावना हुन्छ ।
डायबिटिक रेटिनोप्याथी डायबिटिज मेलियटसको जटिलताको कारणले उत्पन्न हुन्छ र यसले अन्ततः अन्धोपन निम्त्याउँदछ । यो एक प्रकारको आँखामा देखा पर्ने असर हो । यसले दश वर्ष वा बढी समय डायबिटिजको समस्याले ग्रसित भएका ८० प्रतिशत विरामीहरुमा असर गर्दछ । त्थउभ ज्ञ र त्थउभ द्द डायबिटिज भएका जोसुकैमा डायबिटिक रेटिनोप्याथी देखिन सक्छ । शुरुको अवस्थामा विरामीमा यसको लक्षण नदेखिन सक्छ । डायबिटिक रेटिनोप्याथीले प्रायः दुवै आँखामा असर गर्दछ । आँखाको नानी फुलाएर मात्र रेटिनाको जाँच गरिन्छ ।
यस्तो अवस्था बढ्दै जाँदा देखिने लक्षणहरुमाः
- आँखा अगाडि काला धब्बा वा धागो जस्तो तैरिएको देखिनु
- दृष्टिमा धमिलोपना
- धमिलोपना कहिले धमिलो वा कहिले सफा हुने
- आँखा अगाडि कालो वा खाली दृष्य देखिनु
- कमजोर दृष्टि हुनु, दृष्टि गुम हुनु
डायबिटिजको सावधनीपूर्वक व्यवस्थापन गर्नु नै आँखाको दृष्टि बचाउने उक्तम तरिका हो ।
अमेरिकन डायबेटिक एशोसिएसनका अनुसार १० वर्ष Type 1 डायबेटिज भएको जो कोहीले डायबिटिज भएको थाहा पाएको ५ वर्ष भित्र आँखा परीक्षण गराउनुपर्दछ ।
त्यसैगरी Type 2 डायबेटिज भएकाहरुले डायबिटिज भएको थाहा पाउने बित्तिकै आँखा परीक्षण गराईहाल्नु पर्दछ । यस्ता विरामीहरुमा थाहा हुनु धेरै अधि नै डायबिटिज भएको हुन सक्दछ ।
प्रारम्भिक आँखा परीक्षण पश्चात डायबिटिज भएका विरामीहरुले प्रत्येक वर्ष आँखा परीक्षण गराउनु पर्दछ ।
डायबिटिज भएका गर्भवती महिलाहरुले गर्भवती भएको पहिलो तीन महिनामा आँखा परीक्षण गराउनुपर्दछ र सो पछि गर्भावस्था भरी र बच्चा जन्मेको १ वर्ष सम्म आँखाको नियमित जाँच गराउनु पर्दछ । गर्भवती अवस्थामा डायबेटिक रेटिनोप्याथी बढ्न वा अझ बिग्रिन सक्दछ ।
Nonproliferative Diabetic Retinopathy (NPDR) अवस्थामा आँखाको पर्दामा रहेका रक्तनलीहरु कमजोर हुन गई साना रक्तनलीको पर्खालबाट मसिना फोकाहरु उठ्छन जसको कारण आँखाको पर्दामा रगत बग्न सक्दछ । यसको कारण बढी रक्तनलीहरु बन्द भई रक्तश्राव गराउँदछ । आँखाको पर्दाको नसाहरु समेत फुल्न सक्दछन र कुनै कुनै बेल आँखाको पर्दाको केन्द्रको भाग समेत फुल्न सक्दछ ९ःबअगबिच इमझब० जुन अवस्थामा उपचार आवश्यक हुन्छ ।
Proliferative Diabetic Retnionpthy अवस्थामा आँखाको पर्दामा रहेका बिग्रिएका रक्तनलीहरु बन्द हुन्छन् र नयाँ असामान्य रक्तनलीहरु विकास हुन्छ । असामान्य रक्तनलीहरु फुट्न गई आँखाको बीच भागमा रहेको सफा व्भििथ जस्तो पदार्थमा फैलिन जान्छ । नयाँ रक्तनलीहरुको कतष्mगबितष्यल बाट विकसित कअबच तष्ककगभ को कारण विस्तारै आँखाको पर्दा आँखाको पछाडिको भागबाट छुट्टिन सक्दछ । नयाँ रक्तनलीहरुको कारण आँखा भित्रको तरल पदार्थ आँखा बाहिर आउन अवरोध श्रृजना भएमा आँखा भित्रको चाप बढ्न सक्दछ जसको कारण आँखाको दृष्य दिमाग सम्म पु¥याउने नस बिग्रन गई जलविन्दु हुन सक्दछ ।
डायबिटिज भएका जोसुकैमा डायबिटिक रेटिनोप्याथी देखिन सक्छ । निम्न अवस्थाहरुका कारण आँखाको जोखिममा वृद्धि हुन सक्दछ ।
ड्ड डायबिटिज को अवधी
– डायबिटिजको अवधी सँगै आँखाको जोखिममा वृद्धि हुन्छ ।
- रगतमा चिनीको मात्र नियन्त्रण नहुने
- उच्च रक्तचाप
- रगतमा चिल्लो पदार्थ नियन्त्रण नहुने
- गर्भवती अवस्था
- धुम्रपान
- मृगौलामा असर
डायबिटिक रेटिनोप्याथीले आँखाको पर्दामा असामान्य रक्तनलीहरुको विकास गर्दछ र यसको जटिलताले आँखाको दृष्टिमा ठूलो समस्या उत्पन्न गर्दछ ।
नयाँ रक्तनलीहरु फुटेर आँखाको बीचमा रहेको सफा जेली जस्तो पदार्थमा बग्न सक्दछ । रगतको बगाई थोरै मात्र भएमा विरामीले साना कालो धब्बाहरु देख्दछ र अति जटिल अवस्थामा रगतले पुरै सफा भाग ढाकिएर दृष्टि नै नहुने हुन सक्दछ ।
भिट्रस हेमरेजको कारण आँखा पूरै अन्धो भने हुँदैन । बगेको रगत केही हप्ता वा महिनामा प्रायः आफै सफा भएर जान्छ । आँखाको पर्दामा खराबी नआएमा दृष्टि पुरानै अवस्थामा फर्किन सक्छ ।
डायबिटिक रेटिनोप्याथीका कारण असामान्य किसिमले पलाएका रक्तनलीहरुले कअबच तष्ककगभ बनाउन मद्दत गर्दछ जसले आँखाको पर्दालाई आँखाको पछाडिको भागबाट पर तान्न सक्दछ । यसको कारण कालो धब्बाहरु देखिने, बत्ति चम्केको जस्तो देखिने वा दृष्टि समेत गुम्न सक्दछ ।
नयाँ पलाएका रक्तनलीहरु आँखाको अगाडिको भागमा फैलिई आँखा भित्रको तरल पदार्थ बाहिर आउने प्रक्रियामा अवरोध श्रृजना गर्न सक्दछ जसको कारण आँखा भित्रको चाप बढ्न सक्दछ । आँखा भित्र अत्यधिक चापको कारण आँखाको दृष्य दिमाग सम्म पु¥याउने नसामा हानी पु¥याउन सक्दछ ।
अन्धोपन (Blindness)
अन्ततः डायबेटिक रेटिनोप्याथी, जलविन्दु वा दुवैको कारण दृष्टि पूर्ण रुपमा गुम्न सक्दछ ।
Focal laser treatment. - Focal Photocoagulation भनेर चिनिने यस लेजर पद्धतीद्वारा चुहिएका असामान्य रक्तनलीहरुलाई लेजरले सेकेर चुहावट बन्द गर्न वा कम गर्न सकिन्छ । यो प्रक्रिया एकै पटकमा गरिन्छ । यस उपचार पछि आँखाको दृष्टि पूरानै अवस्थामा नफर्किन सक्छ तर यसले आँखाको अवस्था अझ बिग्रिनबाट रोक्न मद्दत गर्दछ ।
Scatter laser treatment - Panretinal Photocoagulation भनेर चिनिने यस लेजर पद्धतीद्वारा आँखाको बीच भाग भन्दा बाहेकका भागमा लेजरले सेकेर असाधारण रक्तनलीहरुलाई सुकाउने कार्य गरिन्छ । लेजरले सकेको ठाउँका रक्तनलीहरु सुकेर दाग बस्ने हुन्छ । यो प्रक्रिया प्रायः दुई वा बढी पटकमा गरिन्छ । यस उपचारपछि केही दिनसम्म दृष्टि धमिलो हुन सक्दछ र आँखाको वरीपरिको भागमा दृष्टि कम हुने साथै राति कम देख्ने समेत हुन सक्दछ ।
Vitrectomy - यस प्रक्रियाद्वारा गरिने शल्यकृया उपचारमा आँखामा सानो प्वाल पारी उक्त प्वालबाट आँखाको भित्री भागमा जमेको रगत र आँखाको पर्दामा टाँसिएका कअबच तष्ककगभ निकाल्ने गरिन्छ । यो उपचार अस्पतालमा local अथवा General Anesthesia मा गरिन्छ । शल्यकृया पश्चात डायबेटिक रेटिनोप्याथी कम हुने वा बन्द हुने हुन्छ । तर यसले रोग निको भने पादैन । डायबिटिज जीवनपर्यन्त रहने हुँदा यसको कारण भविष्यमा पनि आँखाको पर्दामा समस्या दृष्टि गुम्न सक्दछ । यसको उपचार पश्चात पनि नियमित आँखा परीक्षण गराउनु जरुरी हुन्छ । कुनै पनि समयमा थप उपचारको आवश्यकता हुन सक्दछ । शोधकर्ताहरुले यस रोगको उपचारको लागि नयाँ पद्धतिहरुको अध्ययन गरिरहेका छन्, जस मध्ये औषधीको प्रयोगद्वारा असाधारण रक्तनलीहरु पलाउन रोक्ने लगायतका छन् । यस्ता केही औषधीहरु Intravitreal Injection (Avastin) को माध्यमबाट सिधै आँखा भित्र लगाईन्छ जसले पर्दा सुन्निएको (Macular Oedema) वा असाधारण रक्तनलीहरुको उपचार गरिन्छ ।